7 years ago
July 12, 2018
नटिङघम (एजेन्सी)– इङ्ल्यान्डविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा भारतले २ सय ६९ रनको विजय लक्ष्य प्राप्त गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरको खेलमा १ बल अघि सबै विकेट गुमाउँदै २ सय ६८ रन बनाएका थियो ।
घरेलु टोलीका लागि बेन स्टोक्स र जोस बटलरले अर्धशतक पुरा गरेका थिए । स्टोक्सले १ सय ३ बल खेल्दै २ चौकाका साथ ५० रन बनाए भने बटलरले ५१ बलमा ५ चौकासहित ५३ रन जोडे । ओपनर जसन रोय र जोनी ब्रेनस्टोले समान ३८ रन जोडेका थिए । मोइन अलीले २४, इयोन मोर्गानले १९ रन जोडे ।
भारतका लागि कुलदिप यादवले उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका कुलदिपले २५ रन खर्चेका थिए । उमेश यादवले २ र सिद्धार्थ काउलले १ विकेट लिएका थिए ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]