default_image

7 years ago

July 11, 2018

मोन्ट्रियालको जितमा सन्दीपको ३ विकेट

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडामा जारी ग्लोबल टि-२० अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मोन्ट्रियाल टाइगर्सको जितमा ३ विकेट लिएका छन् ।

टस जितेर पहिले बलिङ रोजेको मोन्ट्रियालले वेष्ट इन्डिज ‘बि’लाई २० ओभरमा १ सय ६२ रनमा रोक्न सफल भयो । टोलीका लागि सन्दीपले सर्वाधिक ३ विकेट लिए । उनले टप-अर्डरकै तीनवटा ब्याट्सम्यानका विकेट लिएका थिए । ४ ओभर बलिङ गर्दै ३१ खर्चिएका थिए । उनले १३ डट बल पनि फालेका थिए ।

जवाफमा १ सय ६३ रनको लक्ष्य मोन्ट्रियालले १८ औं ओभरमै पुरा गर्न सफल रह्यो । मोन्ट्रियालका लागि सुनिल नारनले ओपनिङ गर्दै विष्फोटक ६१ रन बनाएका थिए । ६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियालको यो दोस्रो जित हो ।

आफूले खेलेका ५ खेलमा सन्दीपले ८ विकेट लिएका छन् । पहिलो ३ खेलमा १-१ विकेट लिएका सन्दीपले अघिल्लो खेलमा २ विकेट लिएका थिए । १ खेल कम खेलेका सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने सुचीमा छैठौं स्थानमा छन् ।

January 20, 2025

दीपेन्द्र सम्मिलित गल्फ पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पराजित भएको छ । गल्फ आइतवार अबुधावी नाइट राइडर्ससँग ३७ रनले पराजित भएको हो । गल्फले चौथो खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन। १ सय ७७ रनको लक्ष्य पछ्याएको गल्फले २० ओभरमा ८ विकेट गुमाएर […]

January 20, 2025

यु १९ महिला विश्व कप – नेपाल स्कटल्याण्डसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो दोस्रो खेलमा सोमवार स्कटल्याण्डको सामना गर्दैछ । मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको […]

January 19, 2025

रुपन्देही ‘ए’ सुपर लिग -एमसिसीको जित

सुमन अधिकारी, बुटवल भैरहवामा जारी ‘ए’ डिभिजनको रुपन्देही सुपरलिग क्रिकेटमा आइतवार मेलवर्न क्रिकेट क्लब (एमसिसी) ले जेआर क्रिकेट क्लबलाई पराजित गरेको छ । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआर क्रिकेट क्लब ६२ रनमा अल आउट भएको‌ थियो।६३ रनको लक्ष्य पाएको मेलवर्नले विकेट नगुमाई पूरा गरेको हो ।मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, […]

Success

Thank you for your time.