9 years ago
February 11, 2016
काठमाडौं, २८ माघ
बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटको सुपरलिग प्लेअफको तेस्रो स्थानको लागि नेपाल र नामिवियाबीच प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार भएको सुपरलिग प्लेअफ सेमिफाइनलमा नामिबिया इंग्ल्याण्डसँग २०३ रनले पराजित भएको छ । यससँगै नेपालले नामिबिया प्रतिद्वन्द्वी पाएको हो ।
अब सन् २०१८ मा हुने विश्वकपको अर्को संस्करणमा सोझै छनौट हुन नेपालले बिहिबार नामिवियालाई हराउनै पर्ने हुन्छ ।
आईसीसीले यो संस्करणमा शीर्ष स्थानमा रहने एसोसिएट टिमले अर्को विश्वकपमा सोझै स्थान बनाउने निर्णय गरेको थियो । यो पटक नेपाल र नामिबिया क्वार्टरफाइनलमा पुगेका थिए ।
अब सुपरलिग प्लेअफको तेस्रो स्थानको लागि नेपाल र नामिविया भिड्ने भएपछि यो खेलको विजेताले नै अर्को विश्वकपमा स्थान बनाउनेछ ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]