default_image

7 years ago

July 6, 2018

सुवास र प्रदीप क्रिकेटको बन्द प्रशिक्षणमा बोलाइए

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना हुने इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमणका लागि नेपाली क्रिकेट टोली २० सदस्यीय प्रारम्भिक टोली शुक्रबार घोषणा भएको छ ।

प्रदीप ऐरी । फाइल तस्बिर

आइसिसिका प्रतिनिधि एमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले बन्द प्रशिक्षणका लागि डाकिएका खेलाडीमा विकेट किपर ब्याट्सम्यान सुवास खकुरेलसहित विनोद भण्डारी र ओपनर प्रदीप ऐरीले पुनरागमन गरेको छन् ।

यद्दपी २० बाट दुई प्रतियोगिताका लागि १५ खेलाडीको टोली घोषणा हुने राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपालले साउन १३ गते त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट पछि नेदरल्यान्ड्ससँग एक दिवसिय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

इङ्ल्यान्डको लर्डसमा क्रिकेट मैदानमा हुने ट्वान्टी ट्वान्टीमा नेपालसहित नेदरल्यान्ड् र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच प्रतिस्पर्धा हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीच हुने खेललाई भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टीको मान्यता दिएको छ ।

सुवास खकुरेल । फाइल तस्बिर

नेपाल र नेदरल्यान्डबीच साउन १६ र १८ गते एक दिवसिय क्रिकेट हुनेछ । ४ वर्षका लागि एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएयता नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय एक दिवसिय क्रिकेट हो ।

टोलीमा पुनरागमन गरेका सुवास घाइते भएका कारण लामो समय देखि टोलीमा थिएनन् । प्रदीप भने तीन वर्षपछि टोलीमा डाकिएका छन् । विनोद यसअघि विश्व कप छनोटका दौरान टोलीको वैकल्पिक खेलाडीका रुपमा थिए ।

अधिकांश पुराना खेलाडी लाई डाकिएको प्रशिक्षमा नयाँ खेलाडी हरि क्षेत्री अटेका छन् । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा उनी टोलीमा समावेश भएका हुन् । बन्द प्रशिक्षण शनिबारबाट सुरु हुने बताइएको छ ।

बन्द प्रशिक्षणमा डाकिएका खेलाडी
पारस खड्का, अनिल कुमार शाह, वसन्त रेग्मी, विनोेद भण्डारी, दिपेन्द्र सिहं ऐरी, ज्ञानेन्द्र मल्ल, हरि क्षेत्री, करन के.सी, ललित भण्डारी, ललित नारायण राजवंशी , आरिफ शेख, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, शक्ती गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमाला र शुसन भारी

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.