default_image

7 years ago

July 5, 2018

सन्दीपको किफायती बलिङसहित विकेट

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडामा जारी ग्लोबल टि-२० प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पुन: प्रभावकारी प्रदर्शन गरेका छन् । उनको उच्च प्रदर्शनको मद्दतले मोन्ट्रियाल टाइगर्सले एन्मोन्टन रोयल्सलाई १५ रनले हराउन सफल रह्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मोन्ट्रियालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सफल रह्यो । उसका लागि अष्ट्रेलियन ब्याट्सम्यान मोसेस हेनरिक्सले ५० रनको राम्रो पारी खेलेका थिए ।

१ सय ३० रनको लक्ष्य पछ्याएको एन्मोन्टन भने अन्तिम ओभरमा १ सय १४ रनमै अल-आउट हुन पुग्यो । मोन्ट्रियालका लागि अष्ट्रेलियन बलर पिटर सिडलले ४ विकेट लिए भने लसिथ मलिङा, केभोन कुपरले दुईदुई विकेट लिए । सन्दीप र सुनिल नारानले भने १-१ विकेट लिएका थिए ।

४ ओभरमा १ मेडन राख्दै १६ रन दिंदै १ विकेट लिएका सन्दीप मोन्ट्रियालका लागि सबैभन्दा किफायती बलर रहे । सन्दीपले तेस्रो ओभरमा आन्द्रे फ्लेचरको विकेट लिएका थिए । यससंगै मोन्ट्रियालले प्रतियोगितामा आफ्नो पहिलो जित पनि दर्ता गर्न सफल रह्यो ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.