7 years ago
July 3, 2018
किङ सिटी (एजेन्सी) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले जारी ग्लोबल टि-२० क्यानाडाको तेस्रो खेलमा १ विकेट सहित उच्च प्रदर्शन गरेका छन् ।
ग्लोबल टि-२० मा सन्दीप मोन्ट्रियाल टाइगर्सको तर्फबाट खेल्दै छन् । हिजोको खेलमा मोन्ट्रियाल टाइगर्स भान्कुभर नाइट्ससंग भिड्दा सन्दीपको बलिङ प्रशंसायोग्य रह्यो । उनले आफ्नो ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिए र १ विकेट पनि लिए । सन्दीपले चाडविक वाल्टनको विकेट लिन सफल भएका थिए ।
सन्दीपको प्रदर्शन मोन्ट्रियाललाई जितका लागि भने पर्याप्त रहेन । १ सय ६७ रनको लक्ष्य पछ्याएको मोन्ट्रियाल अन्तिम ओभरमा १ सय ४८ रनमा समेटियो । सन्दीपले ब्याटिङतर्फ ३ बलमा ७ रनको योग्दान पनि दिएका थिए । उनको पारीमा १ छक्का पनि सामेल थियो ।
६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियाल ३ खेल खेल्दै विना कुनै अंक अन्तिम स्थानमा रहेको छ । यस अघि प्रतियोगितामा वेष्ट इन्डिज ‘बि’ संग पनि सन्दीपले १ विकेट लिएका थिए तर सो खेलमा उनी ५७ रन दिंदै केही खर्चिलो सावित भएका थिए ।
अब मोन्ट्रियालले आफ्नो चौथो खेलमा एड्मोन्टन रोयाल्ससंग जुलाई ५ मा खेल्ने छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]