7 years ago
June 29, 2018
डुब्लिन (एजेन्सी)– भारतले दोस्रो ट्वान्टी ट्वान्टीमा आयरल्यान्डलाई १ सय ४३ रनको फराकिलो अन्तरले हराएको छ । २ सय १४ रनको लक्ष्य प्छयाएको आयरल्यान्डले १२.३ ओभरमा सबै विकेट गुमाएको थियो ।
आयरल्यान्डका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका युजभेन्द्र चाहाल र कुलदीप यादवले समान ३ विकेट, उमेश यादवले २, सिद्धार्थ काउल । हार्दिक पाण्डेयले समान १ विकेट लिए ।
त्यसअघि केएल राहुल र सुरेश रैनाको अर्धशतकमा भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । राहुलले ७० रैनाले ६९ रन जोडे । ३६ बल खेलेका राहुलले ६ छक्का र ३ चौका प्रहार गरे । ४५ बल खेलेका रैनाले ५ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान विराट कोहली ९ रनमा आउट भएको खेलमा हार्दिकले ३२, मनीष पाण्डेले २१ रन जोडे । योसँगै भारतले दुई वटा ट्वान्टी ट्वान्टी क्रिकेटको श्रृखंलामा क्लिनस्वीप गरेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]