7 years ago
June 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आयरल्यान्डका अलराउन्डर केभिन ओ ब्रेयनले यो सिजनको एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । टेष्ट मान्यता प्राप्त आयरल्यान्डका अलराउन्डर केभिनलाई इपिएल टोली काठमाडौं किङ्स ११ ले अनुबन्ध गरेको हो ।
इपिएल टोली काठमाडौं किङ्सले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ३४ बर्षीय केभिनलाई पहिलो विदेशी खेलाडीको रुपमा क्लबमा अनुबन्धित गरेको जनाएको छ । उनी यो सिजन इपिएलका लागि अनुबन्धित हुने पहिलो खेलाडी पनि बने ।
‘केभिन विश्वस्तरीय अलराउन्डर हुन् । उनी देश र क्लबका लागि मुख्य खेलाडी हुन् । उनी नेपाल आएर खेल्न आतुर भएकाले उनलाई हामीले अनुबन्ध गरेको हो ’ किङ्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजजंग थापाले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।
केभिन आईरिस टोलीबाट सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन् । २००६ देखी राष्ट्रिय टिममा रहेका केभिनले तीन सय बढी क्याप जितेका छन् । उनले आयरल्याण्डका लागि तीन एक दिवसीय र पाँच टी–ट्वान्टी क्रिकेट खेलेका छन् ।
यस्तै केभिन आयरल्यान्ड टोलीका लागि टेस्ट क्रिकेटमा शतक प्रहार गर्ने खेलाडी हुन् । उनले २०११ को विश्वकपमा इङ्ल्यान्डविरुद्ध शतक प्रहार गर्दै विश्वकपकै सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]