default_image

6 years ago

June 21, 2018

सैनिक र नेक्सस सान क्रिकेटको सेमिफाइनलमा

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय विद्यालय र नेक्सस क्रिकेट एकेडेमी कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सैनिक र नेक्सस सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघ ओएसिस र ग्रेट हिमालयले अन्तिम चारमा स्थान बनाइसकेका थिए । त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको पहिलो क्वाटरफाईनल खेलमा सैनिक आवसीय विद्यालयले एन्जल्स एकेडेमीमाथि १ सय ४ रनको फराकिलो जित निकाल्यो ।

सैनिकले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको एन्जल्स ३४ रनमा अलआउट भयो । एन्जल्सका लागि विक्रम थापाले१२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छोएनन् । एन्जल्सको ब्याटिङ ध्वस्त पार्ने क्रममा सैनिकका सृजन गुरुङले ४ ओभरमा एक मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए । कृष कार्कीले दुई तथा अशिम कार्की र क्षितिज जंग शाही समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सैनिकलले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३८ रन जोडेको थियो । सैनिकका लागि कप्तान जवाफ जंग मल्लले सर्वाधिक ४७ रन जोडे । यस्तै क्रिस कार्कीले २१ रन, सृजन गुरुङले १६ रन, अर्जुन तामाङले १३ रन र निश्चल तामाङले १२ रन जोडे । एन्जल्सका योगेश रावल र किशोर बोगटीले समान २ विकेट लिए । विनय घर्तीमगरले एक विकेट लिए ।

बिहिबारै भएको अर्काे खेलमा नेक्सस क्रिकेट एकेडेमीले बालुवाटार क्रिकेट एकेडेमी माथि ८८ रनको जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको नेक्ससले ६ विकेटको क्षतीमा १ सय ३३ रन जोड्यो । नेक्ससका लागि प्रियान्सु श्रेष्ठले ४३ रन जोडे । यस्तै बिपिन शाहीले ३४ रन, तृतराज दासले १५ रन र अदित सुवेदीले १२ रन जोडे ।

ग्रेट हिमालयका विरोन जोशी र प्रतिक पण्डितले समान २ विकेट लिदा सागर थापा र सदित्य बञ्जाराले समान १ विकेट लिए । प्रतिउत्तरमा बालुवाटारले १९ ओभर ४ ओभरमा अल आउट हुँदै ४५ रन मात्र जोड्न सक्यो । नविन तामाङले १२ रन जोड्नुबाहेक कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेक्ससका तृतराज जोशीले ३ विकेट लिए । उनी म्यान अफ दि म्याच घोषित भए । सुमन सुन्दर र बिपिन शाहीले समान २ विकेट लिए । रिकेश ओझा र आविष्कार जोशी समान १ विकेट लिए ।

प्रतियोगिताको सेमिफाईनल भोली शुक्रबार ८ बजेबाट किर्तिपूर क्रिकेट मैदानमा सुरु हुने कार्यक्रम रहेको छ ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.