default_image

6 years ago

June 19, 2018

पोखरा प्रिमियर लिग (पिपिएल) कात्तिकमा

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पिपिएल यही कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने जानकारी गराएको हो ।
फ्रेन्चाइजको आधारमा हुने प्रतियोगिताको मंगलबारै लोगो सार्वजनिक गरिएको छ । लोगो राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले सार्वजनिक गरे । फ्रेन्चाइज बेसमा नेपालका प्रमुख सहरको स्वामित्वमा रहने प्रतियायोगिताको खेलाडीको छनोट अक्सनबाट गरिने क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी गराए ।
प्रतियोगितामा सहभागी हुने टोली आयोजकले बताएको छ । टिम र अक्सनबारे पछि जानकारी गराईने पनि प्रबन्ध निर्देशक लामाले बताए । प्रतियोगितामा एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलेका ३ र ३ नयाँ टोली गरी ६ टिमको सहभागिता रहनेछ । पिपिएल घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको हुने आयोजकले दावी गरेको छ ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.