default_image

6 years ago

June 17, 2018

रैना तीन वर्षपछि भारतीय टोलीमा समावेश

36 views

0 Bookmark

मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टोलीका बाँया हाते ब्याट्सम्यान सुरेश रैना करिब तीन वर्षपछि भारतको एक दिवसिय अन्तर्राष्ट्रिय टोलीमा परेका छन्। 

raina

इङ्ल्याण्डसँगको शृंखलाका लागि अम्बाती रायाडु फिट्नेस टेस्टमा अयोग्य भएपछि छनोट समितीले रैनालाई उनको स्थानमा मौका दिएको हो। ओक्टोबर २०१५ मा पछिल्लो पटक भारतको टोलीबाट खेलेयता ३१ वर्षीय रैना पहिलो पटक ओडिआई टोलीमा परेका हुन्।

भारतको टि-२० टोलीमा भने उनी नियमित छन्। इङ्ल्याण्डसँग तीन खेलको शृंखला जुलाई १२ बाट नटिङ्गह्याममा सुरु हुँदैछ।

October 13, 2024

बंगलादेशविरुद्धको टि ट्वान्टीमा पनि भारतको ‘क्लिन स्विप’

एजेन्सी – भारतले बंगलादेशविरुद्धको टि ट्वान्टीमा क्लिन स्विप गरेको छ। हैदरावादमा शनिवार भएको तेस्रो तथा अन्तिम टि ट्वान्टीमा भारतले बंगलादेशलाई १ सय ३३ रनले पराजित गर्याे । २ सय ९८ रनको लक्ष्य पछ्याएको बंगलोदशले ७ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनायो । टोहिद ह्रिदोयले सर्वाधिक ६३ र लिटन दासले ४२ रन बनाए । […]

October 12, 2024

अस्ट्रेलियाको लगातार तेस्रो जित, पाकिस्तानको दोस्रो हार

एजेन्सी – साबिक विजेता अस्ट्रेलियाले युएईमा जारी रहेको नवौं संस्करणको टि ट्वान्टी महिला विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा साबिक विजेताले पाकिस्तानलाई हराएको हो । लगातार दोस्रो हार बेहोरेको पाकिस्तान अस्ट्रेलियासँग ९ विकेटको फराकिलो अन्तरले पराजित भयो । दुबईमा भएको खेलमा पाकिस्तानले दिएको ८३ रनको सामान्य लक्ष्य […]

October 11, 2024

रुटको कीर्तिमानमा इङ्ग्ल्यान्डको फराकिलो जित

एजेन्सी – पुर्व कप्तान जो रुटको कीर्तिमानमा इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्ध पहिलो टेस्टमा जित हात पारेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा शुक्रवार सकिएको खेलमा पाहुना टोलीले १ इनिङ र ४७ रनले खेल जितेको हो । जितसँगै पाहुना टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । पाकिस्तानले […]

Success

Thank you for your time.