9 years ago
February 5, 2016
काठमाडौं, माघ २२ । आइसीसी यु–१९ विश्वकप क्रिकेटमा आज नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ । घरेलु टोली बंगलादेशविरुद्घ मिरपुर रंगशालामा जित निकाल्दै नेपाली युवा टोली सेमिफाइनलमा प्रवेश गर्दै इतिहास रच्ने अभियानमा हुनेछ । खेल अहिले केही बेरपछि सुरु हुुनेछ ।
बिहिबार आइसीसीले जारी विश्व कपमा उत्कृष्ट खेल्ने एसोसियट देशलाई दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्व कपमा सोझै सहभागी गराउने निर्णय गरेको छ । आइसीसीको यस्तो निर्णयले नेपाल र नामिबिया मध्ये एकले विश्व कपमा सोझै खेल्ने सम्भावना छ ।
टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशलाई हराउन नेपाललाई सहज हुनेछैन तर, नेपालले समुह चरणको पहिलो खेलमै न्युजिल्यान्डलाई ३२ रनले हराउँदै सनसनी मच्चाएको थियो । यस्तै अर्काे खेलमा आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । अहिले सम्म नेपाल यु–१९ विश्व कप क्वाटरफाइनलमा दुइ पटक पुगेको छ । पहिलो पल्ट सन् २०००मा विश्व कप खेल्दा नेपाल क्वाटरफाइनलमा पुगेको थियो ।
नेपाली ब्याटसम्यानले त्यो कमजोरलाई सुधार गदै उत्कृष्ट खेलिरहेका छन् । नेपालले न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै २ सय ३८ रन बनाएको थियो । दोस्रो पटक यु–१९ विश्व कपको क्वार्टरफाइनल पुग्दा नेपालले थुप्रै सुधार गरेको छ । आयरल्यान्ड विरुद्ध सन्दिप लामिछानेले कीर्तिमानी ह्याट्रिक सहित ५ विकेट लिएका थिए । आयरल्यान्ड विरुद्ध योगेन्द्र सिंह कार्कीले अविजित ६१ रन बनाउँदै नेपाली टोलीको मनोबललाई उकास्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । बंगलादेशविरुद्घ नेपालले सबै पक्षमा सुधार गर्दै खेल्नु आवश्यक छ ।
जारी विश्व कपमा उपाधिको दावेदार मानिएको बंगलादेशले पनि प्रतियोगितामा उत्कृष्ट खेलको नमुना पेश गरेका छन् । बंगलादेशका नाजमुल होसैनले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।
उनले जारी विश्वकपमा ब्यक्तिगत २ सय रन बनाइसकेका छन् । यस्तै नाजमुलले स्कटल्यान्डविरुद्ध अविजित १ सय १३ रन जोडेका उनीहरु नेपालका लागि टाउका दुखाई हुन सक्छन् ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]