9 years ago
February 3, 2016
काठमाडौं, २० माघ । नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजाललाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्लिन चिट दिएको छ ।
राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ ।
बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको खेलपछि २५ वर्षका मुम्बईका क्रिकेटर कौस्तुभ पावरले नेपाली कप्तान राजु ओभर एजको भएको दाबी गरेका थिए, जसलाई भारतीय सञ्चार माध्यममा छाएको थियो । पावरको दाबी थियो कि राजु यू-१५ मा मुम्बईबाट आफूसँग राजु शर्माको नामबाट खेलेका थिए । राजु २४/२५ वर्षको भएको उनको दाबी थियो ।
यसबारे आईसीसीले औपचारिक प्रतिक्रिया दिएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता अघि नै पेश गरेको राजुको डकुमेन्टमा उनी १९ वर्षभन्दा बढी भएको कुनै संकेत नदेखिएको आईसीसीले जनाएको छ ।
आईसीसीले भने आफूले नेपाल क्रिकेट संघ, कप्तान रिजाल र नेपाली टीम म्यानेजर सुदिप शर्मासँग कुरा गरेको बताएको छ ।नयाँ सूचना नआउँदासम्म आईसीसीले यसबारे नयाँ कुनै निर्णय नलिने र यो विषयको बहस बन्द गरेको छ ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]