9 years ago
February 3, 2016
भैरहवा, २० माघ । सकंर नगर क्रिकेट क्लव सकंरनगरलाई तीन विकेटले हराउदै मास्टर्स ११ भैरहवा, भैरहवामा जारी बुम रेमिट्यान्स सुपरलिग क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिद्धार्थ रगंशालामा टस जितेर पहिले ब्याटिङ गरेको सकंरनगर निर्धारित ४० ओभरको खेलमा २१ ओभरमा ८४ रन बनाउदै अलआउट भयो । लक्ष्य पछ्याउने क्रममा मास्टर्सले १९.७ बिकेटको क्षतिमा ८७ रन बनाउदै सेमीफाईनल यात्रा तय गरेको हो । मास्टर्सका लागि अनुपम सिहंले नटआउट ३१, राजन श्रेष्ठले १३ र अजय रसाईलीले १२ रनको योगदान दिए । मास्टर्सका राजन श्रेष्ठले ४, आरएस कडेलले तीन र बलबहादुर थापाले एक बिकेट लिए । सकंनगरका लागि राम थापाले २० र सानु सर्माले १८ रनको योगदान दिए पनि जितका लागि पर्याप्त हुन सकेन । सकंरनगरका बिस्नु पाण्डेले चार र केयरसिहं भण्डारीले दुई बिकेट लिएका थिए ।
बुधवारको खेलमा मास्टर्सका राजन श्रेष्ठ म्यान अफ दि म्याच घोषीत भएको आयोजक संस्था रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए । प्रतियोगिता अन्र्तगत बिहीबारको खेल तिरुपति क्रिकेट क्लव र बुद्ध क्रिकेट क्लव बीच हुनेछ ।सुपरलिगको फाईनल माघ २६ मा हुनेछ । फाइनलमा बिजयी हुने टिमले नगद ३१ हजारसहित ट्रफी तथा उपविजेताले नगद १५ हजारसहित ट्रफी र उत्कृष्ट खेलाडीले नगद पाचँ हजार पुरस्कार पाउने सघंका अध्यक्ष मल्लले बताए । प्रथम पुरस्कार हाल अमेरीका बस्दै आएका भैरहवाका क्रिकेट प्रेमी बिबेक बर्माले आफ्ना स्वर्गीय माता पिता ससिकान्त बर्मा र सकुन्तला बर्माको स्मृतिमा सौजन्य गर्ने भएका छन् । जिल्ला स्तरीय सुपरलिग रुपन्देही क्रिकेट सघंले २०५३ साल देखि गराउदै आएको छ ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]