7 years ago
June 4, 2018
काठमाडौं(हाम्रो खेलकुद)- क्यानाडा क्रिकेटले यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मिलित गरेर फ्रान्चाइज पद्दतिमा ट्वान्टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार सम्पन्न ड्राफ्टका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् ।
आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट सुरु हुनेछ । सन्दीपको टोलीबाट श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै थिसारा परेरा, पाकिस्तानका मोहमद हफिज, वेस्ट इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजा लगायतका खेलाडी छन् ।
यस प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । वेस्ट इन्डिजको एक टोलीबाहेक टोरोन्टो नेसनल्स, भ्यानकुभर नाइट्स, एडमन्टन रोयल्स र विनिपेग हक्स रहेका छन् । प्रतियोगिता जुन २८ देखि जुलाई १५ सम्म मेपल लिफ क्रिकेट क्लबको मैदानमा हुनेछ । प्रत्यक टोलीमा १६ खेलाडी रहनेछन् ।
विश्व क्रिकेटका चर्चित खेलाडीहरुले पनि यस प्रतियोगितामा सहभागिता जनाउँदै छन् । पाकिस्तानका पूर्वकप्तान शहिद अफ्रिदी र अस्ट्रेलियन ओपनर क्रिस लिन रोयल्सबाट खेल्दैछन् भने वेस्ट इन्डिजका पूर्व कप्तान ड्यारेन स्यामी र अस्ट्रेलियन स्टिभ स्मिथ नेसनल्सको जर्सीमा हुनेछन् । वेस्ट इन्डिजका ड्वेन ब्राभो र लेन्डल सिमन्सले अस्ट्रेलियन ओपनर डेविडवार्नरसँग हक्सको ड्रेसिङ रुममा हुनेछन् । नाइट्सले वेस्ट इन्डिजका ओपनरद्वय क्रिस गेल र एभिन लेविससँगै आन्द्रे रसललाई समेटेको छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]