7 years ago
June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ ले राजधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले प्रदेश ४ माथि र प्रदेश ५ ले प्रदेश ५ माथि समान ९ विकेटको फराकिलो जित निकालेको हो ।
प्रदेश ४ ले दिएको ७७ रनको सामान्य लक्ष्य आर्मीले १६ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि अनिल मण्डलले २८ तथा नरेश बुढाऐरले १० रनको अविजित इनिङ्स खेले । साग पुन २६ रनमा आउट भए । प्रदेश ४ का गोविन्द प्रधानले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश ४ ले निर्धारित ५० ओभरको खेलमा २९ ओभरमा अलआउट हुदै ७६ रनमात्र बनाउन सक्यो । प्रदेश ४ का लागि ओपनर अनिल गुरुङले ४२ रन बनाएपनि अन्य कुजैपनि ब्याट्सम्यानले अनिललाई साथ दिन सकेन । उसका ६ खेलाडीले रनको खाता नै खोल्न नसक्दा मञ्जिल न्यौपानेले ८ रन र अमृत गुरुङले ४ रन बनाउन सके ।
प्रदेश ४ लाई सस्तैमा समेट्न आर्मीका शाहव आलम, विक्रम सोव र सागर पुनले समान ३ विकेट लिए । कसिलो बलिङ गरेका शाहव आलमले ३ विकेट लिदा १ मेडन राख्दै मात्र ५ रन खर्चिए । आर्मीका सागर पुन खेलको म्यान अफ दि म्याच घोषित भए । समूह ‘ए’ मा रहेको आर्मीको यो लगातार तेस्रो जित हो । आर्मी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको अर्काे खेलमा प्रदेश ५ ले प्रदेश ६ माथि शानदार जित दर्ता गर्न सफल भयो । प्रदेश ६ ले दिएको ५६ रनको झिनो लक्ष्य प्रदेश ५ ले विकेट गुमाएर १० ओभर ४ बलमा पूरा गर्यो । प्रदेश ५ का लागि सन्दीप सुनारले २७ रनको नटआउट इनिङ्स खेले । अर्काे ओपनर शंकर राना २९ रनमा आउट भए । सुवेन्दु पाण्डे १ रनमा क्रिजमा रहे । प्रदेश ६ का टेक सलामीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश ६ ले २२ ओभर ५ बलमा सबै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । उसका लागि मध्यक्रमका विजय विष्टले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । दिवन पुन ९, रविन्द्र शाही ७ रन तथा सन्दीप शाहीले ६ रन जोड्दा ६ ब्याट्सम्यानले रनको खाता खोल्न सकेन ।
प्रदेश ५ का शक्ति गौचन र विक्रम भुषालले समान ३ विकेट लिए । कृष्ण कार्की र लाल अधिकारीले समान २ विकेट लिए । प्रदेश ५ को यो पहिलो जित हो । जितसहित प्रदेश ५ समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]