default_image

7 years ago

May 31, 2018

सन्दीप विश्व ११ को पहिलो रोजाईमै

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिएका छन् जसमा नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि सामेल रहेका छन् । सन्दीपले सुरुवाती ११ मै स्थान बनाएका छन् ।

यस खेलमा उठेको पैसा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण तथा पीडितहरुको सहयोगका लागि खर्च गरिने छ ।

यस खेलमा विश्व ११ को टोलीलाई पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले कप्तानी गर्नेछन् । इंग्ल्यान्डका कप्तान इयोन मोर्गनको कप्तानीमा टोली उत्रिने भनिए पनि उनी चोटग्रस्त भएपछि सो जिम्मेवारी अफ्रिदीले लिने भएका हुन् । अर्को तर्फ वेष्ट इन्डिजको टोलीको कप्तानी कार्लोस ब्रेथवेटले गर्नेछन् ।

विश्व ११ को टोलीमा सन्दीपसहित बंग्लादेशका तमिम इक्बाल, भारतका दिनेश कार्तिक, पाकिस्तानकै शोएब मलिक, श्रीलंकाका थिसारा परेरा , अफ्गानिस्तानका रसिद खान र न्युजील्यान्डबाट लुक रोन्की र मिसेल म्याक्लिनिघन जस्ता अनुभवी नामहरु छन् । सन्दीपले हालै आइपिएलमा राम्रो प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो नाम चिनाउन सफल भएका थिए ।

अर्को तर्फ, वेष्ट इन्डिजको टोलीमा क्रिस गेल, दिनेस रामदिन, कार्लोस सामुयल्स, आन्द्रे रसल, सामुयल बद्रि र एभिन लुइसजस्ता ठूला नामहरु पनि रहेका छन् । खेल नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ र यस खेल आइसीसीको आधिकारिक फेसबुक पेजले प्रत्यक्ष प्रसारण गर्ने छन् ।

January 20, 2025

नेपाली युवा टोली सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]

January 20, 2025

नेपालले स्कटल्याण्डविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपाली टोलीमा २ परिवर्तन गरिएको छ । बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले […]

January 20, 2025

दीपेन्द्र सम्मिलित गल्फ पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पराजित भएको छ । गल्फ आइतवार अबुधावी नाइट राइडर्ससँग ३७ रनले पराजित भएको हो । गल्फले चौथो खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन। १ सय ७७ रनको लक्ष्य पछ्याएको गल्फले २० ओभरमा ८ विकेट गुमाएर […]

Success

Thank you for your time.