default_image

6 years ago

May 31, 2018

ईपीएल र नेपालफ्लिक्सको सहकार्य

39 views

0 Bookmark

काठमाडौं (कास) – एभरेस्ट प्रिमियर लिग (ईपीएल) को अधिकारिक डिजिटल पार्टनरका रुपमा नेपालफ्लिक्स रहने भएको छ । बिहीबार ईपीएलको आयोजक ईपीएल प्राली र नेपालफ्लिक्सबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालफ्लिक्सले यस सिजनको ईपीएलको विश्वभर आफ्नो डिजिटल एप्स र वेबसाइटको माध्यमबाट प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालफ्लिक्सले दक्षिण एसिया लगायत विश्वभरका विभिन्न देशमा खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।  बंगलादेशमा “बोङो” नामक एप्लिकेसनमार्फत आफ्नो छाप बसाएको कम्पनीले केहि समयमै नेपालफ्लिक्सको एन्ड्रोइड एप सार्वजनिक गर्ने बताएको छ । पाकिस्तान सुपर लिग र बाङ्लादेश प्रिमियर लिगको प्रत्यक्ष प्रसारण गर्दै आएको यस कम्पनिले पहिलोपटक नेपाली बजारमा हात हालेको हो ।

ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यस सम्झौताले ईपीएललाई नेपालमात्र नभएर विश्वभर चिनाउन मदत पुग्ने बताए । उनले ईपीएलको सुरुआती दुई संस्करणले विश्वव्यापी चर्चा बटुलेका कारण नेपाली क्रिकेटलाई पनि फाइदा पुग्ने अभिव्यक्ति दिए । ईपीएलको तेस्रो संस्करण यसै नोभेम्बरमा सुरु गर्ने लक्ष्य आयोजकले राखेको छ । गतवर्षको विजेता विराटनगर वारीयर्ससँगै यसपटक पनि ६ टोलीले सहभागिता जनाउने छन् ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.