default_image

9 years ago

February 1, 2016

नेपाल भारतसँग पराजित

99 views

0 Bookmark

काठमाडौं, माघ १८ आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । जितसँगै भारत समुह ‘डी’ को विजेता बनेको छ ।  यु–१९ विश्वकपको दोस्रो भेटमा पनि नेपाल भारतसँग पराजित भएको हो । यसअघि सन् २००० मा पनि नेपाल आठ विकेटले पराजित भएको थियो ।

nepal
सोमबार बंगलादेशको ढाकामा टस हारेको नेपालले पहिलो ब्याटिङ गदै निर्धारित ४८ ओभरको खेलमा आठ विकेट गुमाएर १सय६९ रनको मध्यम योगफल जोडेको थियो ।

सन्दिप सुनारले सर्वाधिक ३७ रन जोडेपनि नेपाललाई जित दिलाउन सकेन । यसैगरी राजविर सिंहले ३५ रन, प्रेम तामाङले अविजित २९ र आरिफ शेखले २६ रन जोडे । भारतका अभेष खानले ३ विकेट लिए ।

जवाफमा भारतले १८.१ ओभरमा तीन विकेट गुमाई विजय लक्ष्य प्राप्त ग¥यो । भारतका लागि ओपनर रिसहाब पन्तले सर्वाधिक ७८ रन बनाए । कप्तान इसान किसनले ५२ रन जोडे । नेपालका सन्दिप लामिछानेले १ विकेट लिए । भारतविरुद्वको खेलमा नेपालका बलरहरु निरिह देखिए ।
यसअघि नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई ८ विकेटले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

February 21, 2025

दक्षिण अफ्रिकाको विजयी सुरुवात

एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]

February 21, 2025

रिकल्टनको शतकमा अफगानिस्तानलाई बलियो लक्ष्य

एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]

February 21, 2025

पिएम कपको सबै खेल पहिलो पटक उपत्यका बाहिर,खेल तालिका सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]

Success

Thank you for your time.