default_image

6 years ago

May 31, 2018

आर्मीको जितमा सोमपाल नायक

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले एक्सेल्सिया प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार प्रदेश २ लाई ५५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको आर्मीले औसत प्रदर्शन गर्दै प्रदेश २ लाई २ सय ४५ रनको लक्ष्य दिएको थियो । सोमपाल कामीले आर्मीको लागि ४१ रन जोड्दै ३ विकेट लिए । 

इनिङ्सको तीन बल बाँकी रहँदा अलआउट भएको आर्मीका लागि राजु रिजालले सर्वाधिक ५० रन जोडे । उनले ८५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सागर पुनलाई ८ रनमै गुमाएको आर्मीलाई अर्का ओपनर अनिल मण्डलले ३५ रन प्रहार गर्दै सम्हालेका थिए । कप्तान विनोद भण्डारीले १६ बलमा ४ चौका र १ छक्कासहित २३ रन जोड्दा नरेश बुढाएर दोस्रो बलमै खाता नखोली बोल्ड भए । मध्यक्रममा राजेश पुलामी मगरले ४० तथा सोमपाल कामीले ४१ रन बनाए । सोमपालले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे । प्रदेश २ का दिभ्यान्शु मालिकले ३ तथा रशिद खान, सम्साद धेख र महबुब आलमले २-२ विकेट लिए ।

जवाफमा उत्कृष्ट सुरुआत पाएको प्रदेश २ ले मध्यक्रममा सम्हालिन नसक्दा ४० ओभरमा ९ विकेट गुमाउँदै  १ सय ८२ रन मात्र जोड्न सक्यो । दोस्रो इनिङ्समा दुई पटक वर्षा भएपछि प्रदेश २ ले ४० ओभरमा २ सय ३८ रनको लक्ष्य पाएको थियो । एक समय ७१-१ को स्थितिमा रहेको प्रदेश २ एक समय १०९-८ को स्थितिमा पुगेको थियो । शीर्षक्रममा ओपनर हरिशंकर साह ३४ र हसिम अन्सारीले २८ रन जोडे । रशिदले ३४ रन जोड्दा सुरज पटेल ४८ रनमा नटआउट रहे । उनले ४८ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

आर्मीका सोमपालले ३ तथा सुसन भारी, सगर पुन र साहब आलमले २-२ विकेट लिए । प्रतियोगितामा आर्मीको यो पहिलो खेलमै पहिलो जित हो । प्रदेश २ ले भने तेस्रो खेल सकिँदा एक जित मात्र हासिल गर्न सकेको छ ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.