default_image

6 years ago

May 30, 2018

हरिको अलराउन्ड प्रदर्शनमा प्रदश नं ४ को पहिलो जित

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हरिबहादुर चौहानको अलराउन्डर प्रदर्शन गरेपछि बुधबार प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ ले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ । हरिले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेटपछि ४ नम्बरले प्रदेश नं १ लाई १ सय २९ रनले हराएको हो ।

 

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा प्रदेश नम्बर ४ पहिलो खेलमा एपिएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनले पराजित भएको थियो । कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिको शतकसँगै निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको ठूलो योगफल तयार पारेको थियो ।

चौथो नम्बरमा ब्याटिङमा आएका चौहान ४६.४ बलमा प्रदेश १ का सन्दिप ढुंगानाको बलमा क्याटआउट हुनुअघि १ सय १५ बल खेलेर १ सय रन बनाए । जारी प्रतियोगितामा शतक बनाउने उनी पहिलो खेलाडी बनेका छन् । यसअघि एपिएफविरुद्ध हरिले ५७ रन जोडेका थिए । हरिले छैटौं विकेटका लागि सुमन घिमिरेसँग मिलेर १ सय ३६ रनको साझेदारी गरेपछि प्रदेश ४ ले विशाल योगफल बनाएको थियो । सुमनले ५३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा ८३ रन बनाए ।

त्यसअघि पाँच विकेट टोलीले सस्तैमा गुमाएको थियो । ओपनरहरु अनिल गुरुङ १३ र सन्तोष न्यौपाने ७ रन आउट भए । आकाश थापाले १९, मञ्जिल न्यौपानेले २८ र विपिन खत्रीले ९ बलमा २३ रन जोडे । प्रदेश १ का पुष्प थापा र सन्दिप ढुंगानाले समान २ विकेट लिए । ३ सय ११ रनको लक्ष्य पछ्याएको १ नम्बर प्रदेश ३५ ओभरमा १ सय ८१ रनमा सिमित भएको थियो । ओपनर सन्दिप ढुंगानाले अर्धशतक पुरा गरे । उनले ७१ रन बनाए । मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ र श्रवण यादवले अविजित १९ रन बनाए ।

प्रदेश ४ का हरिले चौहानले ४ तथा विपिन खत्री र राजु गुरुङले समान २ विकेट लिए । हरिले अन्तिम तीन ब्याट्सम्यानलाई आउट गरेका थिए । ३४.४ ओभरमा फिर्दोस अन्सारीलाई क्याचआउट गराएका उनले अर्को बलमा मनोज तामाङलाई एलबीडब्ल्यू धरापमा पारे । ओभरको अन्तिम बलमा अन्तिम ब्याट्सम्यान अभ्यास तिमल्सिनालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे । अलराउण्ड प्रदर्शन गरेका चौहान खेलको म्यान अफ द म्याच चुनिए ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.