default_image

6 years ago

May 30, 2018

वर्षाका कारण प्रदेश ७ र ५ को खेल रद्द

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्राधानमन्त्री कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेल ‘वेट आउटफिल्ड’ का कारण रद्द भएको छ।

rain play

मंगलबार रातीको भारी वर्षाका कारण प्रावाभित खेल ढिलो सुरु भएको थियो। करिब ११:३० मा सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो। प्रदेश ७ ले टस जित्दै ब्याटिंग रोजेपछि ८ ओभर खेल भएको थियो। तर करिब १५ मिनेटको भारी वर्षाका कारण मैदान पुनः पोखरीमा परिणत भएपछि खेल हुन् असम्भव भयो।

प्रदेश ७ ले ८ ओभरमा २ विकेट गुमाउँदै १९ रन बनाएको थिए। ओपनर सुरेन्द्र चन्द २ रन बनाउँदै रन आउट भए भने सन्जु धामी प्रादेश ५ का कप्तान शक्ति गौचनको बलमा बोल्ड भएका थिए। पहिलो स्पेनमा कृष्ण कार्कीलाई साथ् दिएका शक्तिले ४ ओभरमा ६ रन खर्चिए।

आजै कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको अर्को खेलमा प्रादेश ४ ले प्रदेश १ लाई ३ सय ११ रनको लक्ष्य दिएको छ। टस जित्दै ब्याटिंग रोजेको प्रदेश ४ का लागि हरी चौहानले शतक प्रहार गरे। त्यस्तै सुम घिमिरेले विष्फोटक ब्याटिंग गर्दै ५३ बलमा ८३ रन बनाउने क्रममा ६ चौका र ६ छक्का प्रहार गरे।

shakti gauchan

5 vs 7

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.