default_image

6 years ago

May 29, 2018

‘विश्व ११ बाट खेल्न पाउनु सौभाग्य’ – सन्दीप

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्डको लर्डस मैदानमा वेस्ट इन्डिज विरुद्ध हुने च्यारिटी खेलमा विश्व ११ बाट खेल्न सन्दीप आज त्यसतर्फ जाँदै छन् ।

sandeep Tu

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माणका लागि बिहिबार च्यारिटी खेल आयोजना गरिएको हो । इङ्ल्यान्ड जानुअघि बिहिबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व ११ बाट खेल्न पाउनु सौभाग्य रहेको बताए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान जारी प्रधानमन्त्री कपका दौरान आयोजित पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले विश्व ११ बाट खेल्न पाउनु सौभाग्य रहेको बताए । आइपिएलमा दिल्लीबाट खेलेका सन्दीपले टोलीको अन्तिम तीन खेलमा मात्र मौका पाएका थिए । आफ्नो पहिलो र दोस्रो खेलमा समान १ विकेट लिएका उनले अन्तिम खेलमा ३ विकेट लिएका थिए ।

विश्व ११ मा मौका पाउनुलाई पनि सन्दीपले ठूलो उपलब्धि भएको बताएका छन् । उनले भने, ‘हामी कतिपय कुरामा हतारिन्छौँ, तर यो लेभलमा पुग्नु नै हाम्रो लागि ठूलो उपलब्धि हो।’

बिहिबारका लागि विश्व ११ मा पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीसँगै शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा पनि खेल्नेछन् । टोलीको कप्तानी इङ्लिस ब्याट्सम्यान इओन मोर्गानले गर्नेछन् । त्यस्तै वेस्ट इन्डिज भने कार्लोस ब्राथवेटको कप्तानीमा रहनेछ । डोपिङका कारण १ वर्षयता मैदान बाहिर रहेका एन्ड्रे रसल यस खेलबाट पुनरागमन गर्नेछन् । दुवै टोलीको अन्य सदस्य भने सार्वजनिक हुन बाँकी छ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.