default_image

7 years ago

May 29, 2018

चन्द्र एक्लैको ६ विकेट तर प्रदेश ६ पराजित

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो। 

chandra bc

चन्द्रले विकेट लिएपछि प्रदेश ३ का खेलाडीहरु। तस्बिर विवेक सुवेदी/ हाम्रो खेलकुद

टस जितेर प्रदेश ६ ले ब्याटिङ गरेपछि ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७८ रन बनायो । रबिन्द्र जंग शाही र दिवान पुनले समान ५२ रनको योगदान दिए ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको प्रदेश ३ लाई चन्द्रले एकातर्फ सुरुआतमै विकेट लिँदै रोकेपनि किशोर महतो र रुपेश श्रीवास्तवले सम्हलिएको साझेदारी गर्दै प्रदेश ३ लाई जित दिलाए। रुपेशले ३९ तथा किशोरले २५ रन बनाए। प्रदेश ३ ले सस्तैमा पहिलो तीन ब्याट्सम्यानलाई गुमाएपछि आदील खान(३१), सन्जय बस्नेत(२०) र इसान पाण्डे (२३) को प्रदर्शनमा प्रदेश ३ को ब्याटिंग सम्हालियो।

 संजम र सम्सदको उत्कृष्ट बलिङमा प्रदेश २ विजयी 

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं २ ले प्रदेश ४ लाई ६७ रनले पराजित गर्यो। संजम रेग्मीको उत्कृष्ट बलिङमा प्रदेश २ ले १ सय ५८ रनको लक्ष्य रक्षा गर्यो। प्रदेश ४ को यो लगातार दोस्रो हार हो भने प्रदेश २ को दोस्रो खेलमा पहिलो जित हो। यसअघि पहिलो खेलमा एपिएफसँग ५ विकेटले पराजित भएको थियो।

टस जितेर ब्याटिंग गरेको प्रदेश २ ले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रन बनायो। बिशाल सुस्लिङ्गले सर्वाधिक २६ रन बनाए। प्रदेश ४ का लागि बिपिन खत्री र हरि चौहानले समान ३ विकेट लिए।

प्रदेश २ लाई जित दिलाउने क्रममा संजमले १० ओभरमा ३ मेडेनका साथ् १६ रन खर्चदै ५ विकेट लिए। त्यस्तै सम्सद शेखले पनि उत्कृष्ट बलिङ गर्दै प्रदेश २ लाई जितको आधार दिलाए। उनले ७.५ ओभरमा २० ओभर खर्चिदै ४ विकेट लिए।

प्रदेश ४ का अनिल गुरुङले ३४ र सुम घिमिरेले ३२ बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोडेनन्।

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

March 14, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]

March 14, 2025

बुमराहले आइपिएलका केही खेल गुमाउने

एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आइपिएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट लागेको […]

Success

Thank you for your time.