9 years ago
February 1, 2016
काठमाडौँ, माघ १८ । समूह ‘डी’ को विजेताका लागि आज नेपालले तीन पटकको च्याम्पियन भारतको सामना गर्दैछ । दुवै टोली अपराजित रहदै एक–एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको टोली हो । यस्तौ मा दुवै टोली अपराजित रहदै समूह विजेता बन्ने लक्ष्यमा बंगलादेशको मिरपुरस्थित श्री बंगला नेसनल स्टेडियममा मैदानमा उत्रनेछ ।
नेपाल र भारतबीचको खेलपछि नेपालको क्वाटरफाइनलमा प्रतिद्वन्द्वी पनि तय हुनेछ । समूह ‘डी’ को क्वाटरफाइनल समीकरण समूह ‘ए’ सँग रहेको छ । यस समूहमा बंगलादेश, दक्षिण अफ्रिका, नामिबिया र स्कटल्यान्ड छन् । समूह ‘डी’ को विजेताले समूह ‘ए’ को उप विजेतासँग खेल्नेछ । यस्तै समूह ‘डी’ को उपविजेताले समूह ‘ए’ को विजेतासँग खेल्नेछ ।
टेष्ट मान्यता प्राप्त टोलीलाई हराएर उमेर समूहमा आफ्नो गौरवपूर्ण इतिहास बोकेको नेपाली युवा टोलीले भारतलाई पराजित गर्दै सम्ूह बिजेता बन्न कोशिस गर्नेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई त्यति सहज भने छैन । नेपाल र भारत यू–१९ विश्वकपमा दोस्रो पटक भिड्न लागेका हुन् । यसअघिको एक भेटमा नेपाल पराजित भएको छ ।
अन्तिम खेलअघि नेपाल ४ अंकका साथ नेट रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अंक नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् ।
नेपालले पहिलो खेलमा न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । त्यस्तै भारतले पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले तथा दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो ।
नेपाल १५ वर्षपछि क्वाटरफाइनलमा पुग्न सफल भएको हो । यसअघि नेपाल सन् २००० को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो । विश्वकपमा नेपालको यो सातौ सहभागिता हो ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]