default_image

7 years ago

May 28, 2018

पुलिस र प्रदेश १ को फराकिलो जित

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नं १ ले जित दर्ता गरेका छन् । वर्षाले प्रभावित दोस्रो दिनको खेलमा पुलिसले प्रदेश ७ तथा प्रदेश १ ले प्रदेश २ लाई पराजित गरे ।

तस्बिर : विवेक सुवेदी।/हाम्रो खेलकुद

sunil dhamala

अर्धशतक प्रहार गरेपछि सुनिल

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा पुलिस वर्षाले प्रभावित खेलमा प्रदेश ७ विरुद्ध १ सय ७४ रनले विजयी भयो । टस जित्दै ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २४ रनको विशाल योगफल तयार गर्यो। सुनिल धमलाको ८३ रनमा राम्रो योगफल तर्फ बढेको पुलिसका लागि आरिफ शेख, मन्जित श्रेष्ठ र सिद्धान्त लोहनीले विष्फोट ब्याटिंग गर्दै विशाल योगफल बनाउन मद्दत गरे। आरिफले ५ छक्का, २ चौका प्रहार गर्दै ३७ बलमा ५७ रन बनाए भने मन्जितले ३ छक्का र ४ चौकाको मद्दतले ४९ रन बनाए । नट आउट रहेका मन्जित १ रनले अर्धशतक बनाउन चुके । त्यस्तै सिद्धान्तले १४ बलमा २६ रन बनाए ।

दोस्रो इनिङ्स चल्दै गर्दा वर्षाले खेल रोकेपछि ३७ ओभरमा प्रदेश ७ ले ३ सय ५ रनको लक्ष्य पाएको थियो। प्रदेश ९ ले ३७ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रनमात्र बनाउन सफल भयो । प्रदेश ७ का अन्य ब्याट्सम्यान चल्न नसकेपनि अरुण ऐरीले ८८ बलमा ७० रन बनाउने क्रममा ३ छक्का र ५ चौका प्रहार गरे । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने ललित राजबंशीले २ विकेट लिए । खेलमा सर्वाधिक रन बनाएका पुलिसका ओपनर सुनिल धमला म्यान अफ द म्याच भए ।

aarif

आरिफले विष्फोटक अर्धशतक प्रहार गरे।

प्रदेश १ को विजयी सुरुआत

मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले पराजित गर्यो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश १ ले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २३ रन बनायो। उसका लागि सन्दीप ढुंगानाले सर्वाधिक ५१ रन बनाए भने फिर्दोश अन्सारी ३७ र सरवान यादव ३४ रनमा अविजित रहे । प्रदेश २ का संसद शेखले ४ विकेट लिए ।

मेहबुब आलमको कप्तानीमा रहेको प्रदेश २ लाई वर्षाका कारण ३४ ओभरमा २ सय १४ रनको आवश्यकता रह्यो । ओपनर हरिशंकर शाहले ४१ रन जोडेपनि अन्य ब्याट्सम्यानहरुले प्रदर्शन गर्न नसक्दा प्रदेश २ जम्मा १ सय ४५ रनमा समेटियो । प्रदेश १ का कप्तान पुष्प थापा ३ विकेट लिँदै म्यान अफ द म्याच भए ।

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

March 14, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]

March 14, 2025

बुमराहले आइपिएलका केही खेल गुमाउने

एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आइपिएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट लागेको […]

Success

Thank you for your time.