7 years ago
May 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पेमेन्ट गेटवे इसेवाको ब्रान्ड एम्बेसडर बनेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा ज्ञानेन्द्र र एफ वोन सफ्टका अध्यक्ष विश्वास ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता रकम सार्वजनिक नगरिएपनि ज्ञानेन्द्र एक वर्ष सम्म इसेवाको ब्रान्ड एम्बेसडर रहने बताइएको छ । नेपाली क्रिकेटमा विभिन्न रुपले जोडिदै आएको इसेवाको स्टिकर ज्ञानेन्द्रले एक वर्ष सम्म ब्याटमा प्रयोग गर्नेछन् । सहकार्यले राम्रो गर्न थप प्रेरित गर्ने ज्ञानेन्द्रले बताए ।
‘इसेवाले क्रिकेटमा गरेको योगदानका लागि धन्यवाद दिन चहान्छु । यो सम्झौताले क्रिकेटबाट खेलाडीले पूर्ण रुपमा जिविका आर्जन गर्न सक्छ भन्ने सन्देश दिन्छ ,” ज्ञानेन्द्रले भने, आउने दिनमा अन्य कर्पोरेटले खेलाडीसँग सहकार्य गर्दै जानका लागि म आग्रह गर्दछु ।’
इसेवाले यसअघि क्रिकेट खेलाडी प्रदीप ऐरी, अभिनाश कर्ण, मेहबुब आलमसँग सहकार्य गरेको थियो ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]
March 14, 2025
एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आइपिएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट लागेको […]