9 years ago
January 31, 2016
कोहलपुर, माघ १७ । रोयल स्पोर्ट्स क्लब नेपालगञ्ज सगरमाथा सिमेन्ट लायन्स कोहलपुर सिटी कप टि–२० प्रतियोगिताको च्याम्पियन बनेको छ ।
आइतबार भएको फाइनल खेलमा कोहलपुर युथ क्लबलाई २७ रनले पराजित गर्दै रोयल च्याम्पियन बनेको हो । रोयलले दिएको १३६ रनको लक्ष्य पछ्याएको कोहलपुर १९.२ ओभरमा अलआउट हुदै १०९ रनमै समेटियो । १५औँ ओभरमा पाँच विकेट गुमाएर ९७ रन बनाएको स्थितिमा कप्तान अन्तिम थापा रनआउट भएपछि कोहलपुरले बाँकी १२ रन जोड्दा सबै विकेट गुमाएको थियो । कोहलपुरका लागि अन्तिम थापाले सर्बाधिक २८ रनको योगदान दिए । सबिन शाक्यले १९ र असिफ हुसेनले १४ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । रोयल स्पोर्ट्सको लागि राष्ट्रिय खेलाडी समेत रहेका बसन्त रेग्मीले एक्लैले चार विकेट तथा बिपिन चन्द्रले दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रोयलले निर्धारित २० ओभरमा सात विकेट गुमाई १३५ रनको मध्यम स्कोर बनायो । रोयल स्पोर्ट्सका लागि ओपनर ब्याट्सम्यान सुबेन्दु पाण्डे र अफाक शेखले पहिलो विकेटको लागि ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । अफाक शेखले २४ रन तथा र सुबेन्दु पाण्डेले ३८ रन बनाई आउट भए । त्यसपछि ब्याटिङमा आएका बिपिन चन्द्राले चार चौका र दुई छक्का मद्दतमा ३६ रन बनाउदै रोयलको इनिङ उकासेका थिए । रोयल ब्याट्सम्यान मोहित सिंहले १४, सितांशु पाण्डेले ११, बसन्त रेग्मीले तीन तथा आकास बिष्टले तीन रनको योगदान दिए ।
कोहलपुर युथका बलर दिपेन्द्र यादब र असिफ हुसेनले समान दुई विकेट हात पारे । यस्तै लाल बहादुर अधिकारी र मायाँक यादबले समान १ विकेट आफ्नो नाममा लेखाए । फाइनल खेलको म्यान अफ द म्याच बसन्त रेग्मी घोषित भए ।
जितसँगै रोयल स्पोर्ट्स क्लबले नगद रु १ लाख प्राप्त गरेको छ । उपविजेता टोलि कोहलपुर युथ क्लबले ५० हजार रुपैयामा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका रोयल स्पोर्ट्स क्लबका शुबेन्दु पाण्डेले जनही तीन हजार रुपैया प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट बलर बालुवाटार क्रिकेट क्लबका विजय गौतम र बेस्ट ब्याट्सम्यान होलिल्याण्ड उच्च माविका शाहिद अन्सारी घोषित भए । उनीअरुले जनही समान दुई हजार प्राप्त गरे । विजेता टोलीलाई सभासद देबराज भार, पिडिजी एमजेएफ लायन्स श्याम शाक्यले पुरस्कार प्रदान गरेका थिए ।
माघ ७ गते देखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]