7 years ago
May 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रदेश नं ४ लाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा मिडल अर्डरमा रोहित कुमार पौडेल र पृथु बास्कोटाबीचको राम्रो साझेदारीले एपिएफलाई प्रभावशाली जित दिलायो।
२ सय ४० रनको लक्ष्य पछ्याएको एपिएफले ४ विकेट गुमाउँदै ३६.३ ओभरमा लक्ष्य पार गर्यो । रोहितले ४१ बलमा ७३ रन बनाउँदै एपिएफको जित सहज बनाए । पहिलो ४ ओभरमा १३ रनमा आसिख शेख र अनिल कुमार शाह आउट भएपछि दबाब महसुस गरेको एपिएफ सुबास खकुरेल र प्रदिप ऐरीबीचको साझेदारीमा सम्हालिएको थियो । सुबासले ४८ रन तथा प्रदिपले ३७ रन बनाए ।
मिडल अर्डरमा सम्हालिदै ब्याटिङ गरेका पृथुले ६१ बलमा ५३ रन बनाए । उनलाई साथ दिएका रोहित विष्फोटक इनिङ्स खेल्दै १० चौका र ३ छक्कको मद्दतले ७३ रन बनाए । पृथु र रोहित अवजित रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं ४ ले हरी चौहानको ५७ रन र कप्तान बिधान श्रेष्ठको ४३ रनको मद्दतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनाउन सफल भएको थियो । एपिएफका कमल सिंह ऐरीले ३ तथा अमर सिंह राउटेलाले २ विकेट लिए।
आजै मुलपानी क्रिकेट रंगशालामा भएको अर्को खेलमा प्रदेश नं. ७ ले नं. ६ लाई ४८ रनले पराजित गर्यो । कम योगफलको उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश नं. ७ ले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय २५ रन बनायो । प्रदेश ७ का लागि सञ्जु धामीले ५४ तथा सुरेन्द्र चन्दले २४ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडेनन् । टेक सलामीले प्रदेश ६ का लागि सर्वाधिक ५ विकेट लिए ।
शेर मल्लको ५ विकेटको मद्दतमा प्रदेश नं. ७ १ सय २५ रनको सानो लक्ष्य रक्षा गर्न सफल भयो । प्रदेश ६ का लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक २९ रन तथा दिवन पुनले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन असफल भएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]