7 years ago
May 27, 2018
मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । आपिएल अक्सनको समयमा चेन्नईको खेलाडी खरिदमा सबैको चासो रहेको थियो ।
सेन वाट्सन, हरभजन सिंह, ड्वान ब्राभो, महेन्द्र सिंह धोनी, अम्बाटी रायडु र रविन्द्र जडेजा जस्ता खेलाडी जो ३० वर्ष नाघिसकेका छन् । बढ्दो उमेरका कारण आइपिएलमा उनीहरुको फिटनेस समस्या बन्न सक्छ भन्नेमा धेरैको चासो थियो । तर, टोलीले सबै अनुमानलाई पन्छाउँदै फाइनल सम्मको यात्रा तय गरेको थियो ।
फाइनलको अघिल्लो दिन शनिबार चेन्नईका कप्तान धोनीले खेलाडीको अनुभव महत्वपूर्ण हुने बताएका थिए । ‘अनुभवको अर्थ पक्कै हुन्छ । तर, सधै त्यसैले मात्र काम गर्छ भन्ने छैन,’ उनले भनेका थिए,‘ हामीले आफुसँग भएको अनुभवी खेलाडीलाई उचित व्यवस्थापन गर्यौं ।’हैदराबादविरुद्धकै क्वालिफायर १ मा जितका क्रममा धोनीले हरभजनलाई एक ओभर पनि बलिङ गराएनन् ।
‘ तपाईलाई थाहा छ मसँग घरमा कार र बाइक धेरै छन् । तर म ती सबै एकै पटक चढ्न सक्दिन,’ धोनीले भने,‘ हामीसँग ६/७ जना बलर छन् । आवश्यकता अनुसार उनीहरुको प्रयोग भएको छ । अन्तिम खेलमा मैले उनीलाई बलिङ गराउन जरुरी ठानिन । आइपिएलमा धेरै पटक उनले बलिङ नगरेको पनि छ । ’
चेन्नईका लागि आपिएल फाइनल पुग्नु आदत जस्तै भइसकेको छ । नौं संस्करणमा टोली सात पटक फाइनल पुगिसकेको छ । उता हैदारबादको भने यो दोस्रो फाइनल हो । यसअघि सन् २०१६ को फाइनल हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित भएको थियो । यसपटक आइपिएलमा उच्च प्रदर्शन गरेपनि चेन्नईविरुद्ध भने टोलीले यसअघिका सबै तीन खेल गुमाएको थियो ।
तर, त्यो हारका बारेमा धेरै नसोचिएको प्रशिक्षक टम मुडी बताउँछन् । ‘हामीले अरु कुरामा धेरै ध्यान दिन जरुरी छैन । हामीले आफ्नो परिचय अनुसारको प्रदर्शन गर्न आवश्यक छ,’ मुडीले भने,‘हामीले आफ्नो उच्च प्रदर्शनलाई फाइनलमा देखाउन जरुरी छ । मलाई विश्वास छ फाइनल प्रतिस्पर्धात्मक हुनेछ । ’
कप्तान काने विलियम्सनले दुवै टोलीको सम्भावना उस्तै भएको बताउँछन् । उनले भने,‘हामी दुवै टोलीले आइपिएल भर उच्च प्रदर्शन गरेका छौं ।’
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]