default_image

7 years ago

May 26, 2018

आर्मीलाई रुस्लान कर्णाली प्रिमियर लिगको उपाधि

74 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले फाइनलमा रुपन्देही-११ लाई ३७ रनले पराजित गर्दै रुस्लान कर्णाली प्रिमियर लिगको उपाधि जितेको छ।

army champions

टस हारेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। जवाफमा रुपन्देहीले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनायो। प्रतियोगिताको विजेता आर्मीले ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही-११ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

आर्मीका लागि ओपनर सागर पुनले सर्वाधिक ३८ रन बनाए भने बिनोद भण्डारीले २८ रन तथा राजेश पुलामी मगरले २२ रनको योगदान दिए । रुपन्देहीका बलर बिकाश श्रेष्ठले सर्वाधिक ३ विकेट हात पारे जुन क्रममा ४ ओभरमा २१ रन खर्चिए । यस्तै बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान १/१ विकेट आफ्नो नाम गरे।

आर्मीका लागि विक्रम सोबले उत्कृष्ट बलिङ्ग गर्दै ३ विकेट लिए । विक्रम खेलको म्यान अफ द म्याच भए । त्यस्तै कृष्ण झा र सुशन भारिले समान २ विकेट हात पारे । रुपन्देहीको लागि निश्चल चौधरीले सर्वाधिक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रन योगदान दिए।

जेठ ३ गते देखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

Success

Thank you for your time.