7 years ago
May 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रमोदराज–सावित्री पाण्डे स्मृति प्रतिष्ठानको आयोजनामा नेपाल क्रिकेट टोलीका अहिलेसम्मका सात कप्तानहरु सम्मानित भएका छन्।
वर्तमान कप्तान पारस खड्कासहित पूर्व कप्तानहरु उत्तम कर्माचार्य, लेखबहादुर केसी, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दासलाई प्रतिष्ठानले सम्मान गरेको हो । काठमाडौँको चण्डोलस्थित कुण्डलिनी दरबार ब्यानक्वेटमा आयोजित कार्यक्रममा साहित्यकार विवश पोखरेल र खेल पत्रकार बिनोद पाण्डे पनि पुरस्कृत भए।
क्रिकेटका ६ पूर्व कप्तान प्रमोदराज–सावित्री पाण्डे स्मृति सम्मान २०७५ बाट समानित भएका हुन् भने वर्तमान कप्तान पारस प्रमोद-पुरोषत्तमराज पाण्डे स्मृति सम्मान २०७५ बाट समानित भए।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]
March 14, 2025
एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आइपिएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट लागेको […]