default_image

7 years ago

May 25, 2018

चेन्नईसँग हैदराबादले आइपिएल फाइनल खेल्ने, कोलकाता पराजित

77 views

0 Bookmark

कोलकाता (एजेन्सी)– सनराइर्जस हैदराबाद र चेन्नई सुपर किङ्सबीच इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधिका लागि भिड्ने भएका छन् । कोलकाता नाइट राइडर्सलाई शुक्रबार १३ रनले हराउँदै हैदराबादले चेन्नईसँगको भेट पक्का गरेको हो । क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई यसअघि नै फाइनल पुगेको थियो ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ६१ रनमा रोक्दै हैदराबादले जित निकालेको छ । जितका लागि अन्तिम ओभरमा कोलकातालाई १९ रनको आवश्यकता थियो । त्यस्तोमा कालोर्स बर्थवेटले २ विकेट लिएपछि कोलकाता लक्ष्यमा पुग्न सकेन ।

कोलकाताका लागि क्रिस लेन र सुनिल नारिनले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । लेनले ३१ बलमा ६ चोका र २ छक्काका साथ सर्वाधिक ४८ रन बनाएका थिए । सुभम गिलले ३०, सुनिल नारिनले २६, नितेश रानाले २२, पियुष चावलाखले १२ रन बनाएका थिए । हैदराबादका लागि बर्थवेटबाहेक रसिद खानले ३, सिद्धार्थ कौलले २ र सकिब अल हसनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले त्यसलाई निरन्तरता दिन भने सकेन । तर, खेलको अन्त्यतिर रसिद खानको उच्च प्रदर्शनले हैदराबादले सम्मानजनक स्कोर बनाएको थियो ।

रसिदले अविजित ३४ रनको योगदान गरे । १० बलमा उनले ४ छक्का र २ चौका प्रहार गरे । ओपनर ऋद्दिमन शाहले ३५ र अर्का ओपनर शिखर धवनले ३४ रन जोडे । सकिब अल हसनले २८ र दीपक हुड्डाले १९ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका कुलदिप यादवले २, शिवम माभी, सुनिल नारिन र पियुष चावलाले समान १ विकेट लिए । हैदराबादका सकिब र कालोर्स ब्रर्थवाइट रन आउट भएका थिए । आइपिएल फाइनल आइतबार हुनेछ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.