7 years ago
May 25, 2018
कोलकाता (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल पुग्ने क्वालिफायर २ मा कोलकाता नाइट राइडर्सले १ सय ७५ रनको विजय लक्ष्य प्राप्त गरेको छ । टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ ।
पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले त्यसलाई निरन्तरता दिन भने सकेन । तर, खेलको अन्त्यतिर रसिद खानको उच्च प्रदर्शनले हैदराबादले सम्मानजनक स्कोर बनाएको थियो । रसिदले अविजित ३४ रनको योगदान गरे । १० बलमा उनले ४ छक्का र २ चौका प्रहार गरे ।
ओपनर ऋद्दिमन शाहले ३५ र अर्का ओपनर शिखर धवनले ३४ रन जोडे । सकिब अल हसनले २८ र दीपक हुड्डाले १९ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोलकाताका कुलदिप यादवले २, शिवम माभी, सुनिल नारिन र पियुष चावलाले समान १ विकेट लिए ।
हैदराबादका सकिब र कालोर्स ब्रर्थवाइट रन आउट भएका थिए । सनराइजर्सलाई हराउँदै चेन्नई सुपर किङ्स यसअघि नै आइतबार हुने फाइनल पुगिसकेको छ । राजस्थान रोयल्सलाई हराउँदै कोलकाता क्वालिफायर २ मा पुगेको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]