default_image

7 years ago

May 25, 2018

कर्णाली प्रिमियर लिगको फाइनलमा आर्मी र रुपन्देही भिड्ने

81 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा जारी कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ भिड्ने भएका छन्। शुक्रबार सुर्खेत रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा रुपन्देही ११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै फाइनलको स्थान तय गर्यो। 

Sandeep

टस हारेर पहिले ब्याटिंग गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार पारेको थियो। रुपन्देहीका लागि सन्दीप सुनारले ३० बलको सामना गर्दै सर्वाधिक ५० रन बनाए। उनले ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै बशिर अहमदले ४६, शंकर रानाले ३५ तथा निश्चल चौधरीले २२ रन को योगदान दिए।

१ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिमले १९.५ ओभरमा १ सय ४६ रन मात्र बनायो। कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ४६ रन, प्रनित थापाले २० रन तथा सिद्धान्त शाहीले १९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। रुपन्देहीको लागि सन्दीप सुनार र बिकाश श्रेष्ठले समान ३/३ तथा बिक्रम भुसालले २ विकेट हात पारे। अल राउण्ड प्रदर्शन गरेका सन्दीप खेलको म्यान अफ द म्याच भए।

आजै भएको दोस्रो सेमिफाइनलमा आर्मीले नरेश बुढायको उत्कृष्ट ब्याटिंगमा जित हात पार्यो। १ सय ३२ रनको लक्ष्य पछ्याएको आर्मीका लागि नरेशले ३८ बलमा ६३ रन बनाउँदै अविजित रहे। उनी खेलको म्यान अफ द म्याच चुनिए।

त्यसअघि टस जितेर ब्याटिंग गर्दै धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रनको योगफल खडा गरेको थियो। कप्तान भुवन कार्कीले अविजित ४४ रन बनाउन ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै संजु दमाईले २३ रन, दिपेन्द्र थापाले २१ तथा रोमन बमले १६ रन योगदान दिए। त्रिभुवन आर्मी क्लबका चन्द्र साउद र सगर पुनले समान २ विकेट लिए।

Naresh Army

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.