default_image

7 years ago

May 23, 2018

नेपालको पहिलो ओडीआई नेदरल्यान्ड्सविरुद्ध हुने सम्भावना

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाका अनुसार नेपालले नेदरल्यान्ड्सलाई यसका लागि प्रस्ताव गरेको छ ।

इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टि-ट्वान्टी त्रिकोणात्मक श्रृखंला हुँदैछ । उक्त शृंखलामा नेपाल र नेदरल्यान्ड्सको खेल टि-२० अन्तर्राष्ट्रिय हुनेछ । त्यसलगत्तै नेदरल्यान्ड्स र नेपालबीच २ खेलको ओडीआई शृंखलाको लागि क्रिकेट खेल्ने गरि नेपालले प्रस्ताव पठाएको प्रशिक्षक टमाटाले जनाएका छन्  ।

‘लर्डसमा त्रिकोणात्मक श्रृखंलाको तय भएलगत्तै हामीले नेदरल्यान्ड्ससँग एक दिवसिय खेल्नका नेपालका लागि आइसीसी प्रतिनिधि भावना घिमिरे मार्फत प्रस्ताव पठाएका हौं,’ प्रशिक्षक टमाटाले भने, ‘यद्दपी खेल्ने नखेल्ने विषयमा हामीलाई औपचारिक जानकारी आएको छैन । नेदरल्यान्ड्सका केहि सञ्चारमाध्यमले भने नेपाल र नेदरल्यान्ड्सबीच अगस्टको १ र ३ मा एक दिवसिय खेल हुने उल्लेख गरेका छन् ।’

केहि महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपालले अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भएपनि नेपालले चार वर्षको लागि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको थियो । त्यसपछि नेपालले खेल्ने खेलबारे औपचारिक सूचना केहि प्राप्त भएको छैन ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.