default_image

7 years ago

May 23, 2018

सन्दीप र टाटा मोटर्सबीच सहकार्य

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका चर्चित स्पिनर सन्दीप लामिछाने र टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गबीच तीन वर्षको सहकार्य भएको छ। 

sandeep tata

काठमाडौंको सोल्टी होटेलमा सम्पन्न एक कार्यक्रमबीच सिप्रदी मोटर्सका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र सन्दीपले सहकार्य पत्रमा हस्ताक्षर गरे। तीन वर्षको सहकार्यका लागि सिप्रदीले सन्दीपलाई टाटा टिगोर प्रदान गर्यो । यसको बजार मूल्य २४ लाख ९५ हजार बारबार रहेको छ। सहकार्य अनुसार सन्दीपले सिप्रदीलाई प्रबर्धनमा मद्दत गर्नेछन।

कार्यक्रममा बोल्दै राजन बाबु श्रेष्ठले टिघोर एक स्टाइलिस गाडी रहेको र सन्दीप पनि एक स्टाइलिस खेलाडी भएकाले यो सहकार्य अर्थपूर्ण रहेको बताए । त्यस्तै सन्दीपले पनि सिप्रदी एक प्रशिद्ध ब्राण्ड भएको र नेपाली क्रिकेटलाई पहिलैदेखि साथ दिँदै आएकोले सिप्रदीसँग जोडिन पाउँदा खुशी व्यक्त गरे।

सिप्रदीले यसअघि नेपाली क्रिकेट टोलीका सदस्य आरिफ शेख र सुनिल धमलासँग पनि सहकार्य गरेको थियो।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.