7 years ago
May 23, 2018
जोहानसबर्ग (एजेन्सी) – पूर्व साउथ अफ्रिकी कप्तान एबी डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट घोषणा लिएका छन् । ‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएका विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका डि भिलियर्सको यस निर्णयबाट क्रिकेट विश्व नै चकित भएको छ ।
उनले भिडियो मेसेजमार्फत आफ्नो सन्न्यासको घोषणा गर्दै भने, “तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिंदै छु ।” उनले अब क्रिकेट खेल्न सक्ने आफूमा त्यो ऊर्जा सकिएको पनि बताए ।
३४-वर्षे ब्याट्सम्यान डि भिलियर्सले आफू थकित भएको कुरा पनि जनाए । उनले यही उचित समय रहेको बताउँदै आफ्नो १४ वर्षे क्रिकेट करियरलाई पूर्ण विराम लगाएको घोषणा गरे ।
डि भिलियर्सले १ सय १४ टेष्ट, २ सय २८ एक दिवसीय अन्तर्राष्ट्रिय र ७८ टि-२० खेलहरु खेल्दै कुल २० हजार १४ रन बनाएका छन् । उनको टेष्ट र एक दिवसीयमा ५० भन्दा बढी औसत रहेको छ ।
उनले पहिले क्रिकेटबाट केही बेर विश्राम लिने निर्णय पनि लिएका थिए । टेष्ट नखेले पनि एक-दिवसीय र टि-२० भने निरन्तरता दिने अनुमान गरिएको थियो ।
२०१९ विश्वकपको तयारीमा रहेको दक्षिण अफ्रिकी टोली पनि चकित भएको जनाइएको छ । ठूला प्रतियोगितामा राम्रो टोली र प्रदर्शन भएबापत दक्षिण अफ्रिका र डि भिलियर्स केही उपाधि भने जित्न असफल रहेका छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]