7 years ago
May 22, 2018
मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।
हैदराबादले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ८ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । टोलीका लागि फाफ डु प्लेसिसले अविजित अर्धशतक पुरा गरेका थिए । ४२ बल खेलेका डु प्लेसिसले ५ चौका र ४ छक्का प्रहार गरे । सुरेश रैनाले २२, सर्दुल ठाुकरले ५ बलमा ३ चौकासहित १५ र दीपक चाहारले १० रन बनाए अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अम्बाटी रायडु शून्यमा आउट भए भने कप्तान महेन्द्रसिंह धोनी ९, ड्वान ब्राभो ७, रविन्द्र जडेजा ३ रनमा आउट भएका थिए । हैदराबादका सन्दीप शर्मा, सिद्धार्थ काउल र रसिद खानले समान २ विकेट र भुवनेश्वर कुमारले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हैदाराबादले कार्लोस ब्रेथवेटको अविजित ४३ रनका साथ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । २९ बल खेलेका कार्लोसले १ चौका र ४ छक्का प्रहार गरेका थिए ।
कप्तान केन विलियम्सन र युसुफ पठानले समान २४, श्रीभाट्स ग्वस्वामी र सकिब अल हसनले समान १२ रन जोडेका थिए । चेन्नईका लागि ड्वान ब्राभोले २, दीपक चाहार, लुङ्गी एनगिदी, सर्दुल ठाकुर र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए ।
आइपिएलको एलिभिनेटरमा बुधबार कोलकाता नाइट राइजर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको विजेताले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा हैदाराबादको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]