default_image

6 years ago

May 22, 2018

‘आइपिएल अविस्मरणीय यात्रा’

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो लागि यो आइपिएल अविष्मरणीय यात्रा भएको बताएका छन् ।

sandeep

तस्बिर : cricketingnepal.com

११ औं संस्करणको विभो आइपिएल खेलेर मंगलबार स्वदेश फर्किएका सन्दीप लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमापत्रकारहरुको कुराकानीका क्रममा आइपिएल आफ्नो लागि अविस्मरणीय यात्रा रहेको बताएका हुन् । ‘मेरो पहिलो आइपएल यात्रा अविस्मरणीय र एकदमै रमाइलो भयो । धेरै कुरा सिक्न पाएँ । एउटा राम्रो अवसर पाएको थिए मैले । त्यो सदुपयोग गरेँ जस्तो लाग्छ ।’ कुराकानीका क्रममा सन्दीपले भने, ‘अझै पनि धेरै कुराहरू सिक्न बाँकी नै छ जस्तो लाग्छ । आइपिएल मेरा लागि नेपाललाई चिनाउने मौका थियो । चिनाउन सकेँ त्यसमा म एकदमै खुसी छु । अब आउने वर्षमा जुन अर्को सिजन हुन्छ, त्यसमा म लगायत नेपाली क्रिकेट खेलाडी सबैजनालाई देख्न पाउँ ।’ सन्दीपले आइपिएलमा कहिले पनि सिधै मौका नपाइने बताए । ‘सबै टिममा हरेक पोजिसनका खेलाडीहरु हुन्छन् । एकजना टेष्ट खेलाडी अर्को ब्याट्सम्यान स्पिनर । त्यसले गर्दा मौका कम थियो । मेरो लागि मौका के थियो भने त्यहाँ गएर नेटमा भए पनि ठूला खेलाडीहरूसँग खेलिरहेको थिए ।’ सन्दीपले भने, ‘धेरै कुरा सिक्ने मौका पाएको छु । आगामी आइपिएलमा आफु लगायत अन्य नेपाली क्रिकेट खेलाडीलाई देख्न किने सम्भावना छ । तर, त्यसको लागि मिहेनत निक्कै जरुरी छ ।’ उनले पत्रकारसँग कुराकानी गर्दै हाम्रो टिम दिल्ली डेयरडेभिल्सले ११ खेल खेलिसकेपछि आईपीएलबाट बाहिरिइसकेको थियो । त्यसपछि मलाई एउटा खेलमा मौका दिईएको थियो । त्यस खेलमा मैले राम्रो खेलेँ । त्यसपछि थप २ खेल पनि खेल्न पाएँ । त्यसमा पनि राम्रो गरेँ । ममाथि मात्रै भर पर्दैन ।

उनले नेपाली क्रिकेटको संरचनालाई पनि अघि बढाउनुपर्ने बताए । त्यसका लागि नेपाल क्रिकेट संघमा जोडिनुभएका पदाधिकारीले आफ्नो जिम्मेवारी लिनुपर्छ । त्यो अनुसारले अब जति पनि हाम्रो घरेलु प्रतियोगिता छ त्यसलाई अगाडि बढाउनुपर्छ । अब नेपाल क्रिकेट धेरै नै अघि उनले थपे ।

‘जुन तरिकाले हामीले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएका छौं । त्यसको सदुपयोग गर्नुपर्छ । राम्रा राम्रा खेलाडी आउने वर्षमा पाउनेछौं ।’ सन्दीपले भने, ‘किनभने हामीसँग प्रतिभा धेरै छ । मभन्दा पनि सिनियर दाईहरू हुनुहुन्छ, मभन्दा पनि धेरै राम्रो हुनुहुन्छ । आउने समयमा पनि धेरै युवा खेलाडीहरू आउनुहुन्छ उहाँहरूलाई पनि ‘गुड लक’ ।’ उनले एसोसिएट र अन्य देशबीचको खेलमा पनि विल्कुलै फरक हुने बताए । ‘हामी अहिलेसम्म एसोसिएट स्तरमा क्रिकेट खेलिरहेका छौं । त्यहाँको अनुभवी खेलाडीसँगको खेलमा र यहाँ एसोसिएट खेलमा अलिक फरक हुँदो रहेछ ।’ सन्दीपले भने, ‘सोचेजस्तो हुँदैन सधैँ पनि र हामीले पनि नराम्रो गर्न चाहँदैनौ । खेलमा फेरि हामी फर्कियौँ र मुम्बई इन्डियन्सलाई पनि हरायौं । हाम्रो अन्तिम खेल एकदम राम्रो थियो । उनले आइससिीको विश्व–११ मा पनु पनि आफ्नो लागि ठुलो कुरा रहेको र प्लेयिङ इलाभेनमा पर्न सके आफुलाई प्रमाणित गर्ने र नेपाललाई बढाउने सक्दो प्रयास गर्ने बताए ।

सन्दीपलाई चार महिनाअघि दिल्ली डेयरडेबिल्सले २० लाख भारुमा अनुबन्ध गरेको थियो । लिग चरणको अन्तिम तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिन सफल भएका थिए । रोयल च्यालेन्जर्सविरुद्धको खेलबाट आइपिएलमा डेब्यु गरेका सन्दीपले पहिलो खेलमै प्रभावशाली ब्याटिङ गर्दै २५ रन खर्चेर १ विकेट लिन सफल भएका थिए । चेन्नईं सुपरकिङ्सविद्धको खेलमा पनि किफायति बलिङ गरेका सन्दीपले २१ रन खर्चिएर १ विकेट लिन सफल भएका थिए । आफ्नो अन्तिम खेलमा सन्दीपले केही बढी रन खाएका थिए । उनले ३६ रन खर्चदै ३ विकेट लिन सफल भएका थिए ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.