default_image

7 years ago

May 22, 2018

सन्दीप स्वेदश आइपुगे

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका सन्दीप लामिछाने अाज स्वेदश आइपुगेका छन् ।

sandeep

सन्नेदीप  दिउँसो सवा चार बजे जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उन लाई स्वागत गर्न विमानस्थल मा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालगायत समर्थकको उल्लेख्य  उपस्थिति थियो ।

सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न आफुले सक्दो प्रयास गरेको बताए । टोलीका पछिल्ला ३ खेलमा ५ विकेट लिएका  उनले भने, ‘सिक्ने अवसर थियो । त्यसलाई सदपुयोग गरेँ भन्ने लाग्छ ।अर्को वर्ष अन्य नेपाली खेलाडीलाई पनि आइपिएलमा हेर्ने इच्छा छ ।’

१७ वर्षीय लेग स्पिनर सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी आइपिएलका लागि गत मार्च २७ मा भारत गएका थिए । उनलाई दिल्ली डेयरडेबिल्सले २० लाख भारुमा अनुबन्ध गरेको थियो । 

सन्दीपले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिन सफल भएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए । त्यस्तै, चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । त्यसमा उनले ४ ओभरमा ३६ रन खर्चेका थिए ।  

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.