7 years ago
May 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेकासन्दीप लामिछाने मंगलबार स्वदेश आइपुग्ने भएका छन् । सन्दीप नेपाली समयअनुसार दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए ।
१७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी आइपिएलका लागि गत मार्च २७ मा भारत गएका थिए । उनलाई दिल्ली डेयरडेबिल्सले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
सन्दीपले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिन सफल भएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।
त्यस्तै, चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । एका उनले ४ ओभरमा ३६ रन खर्चेका थिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]