default_image

7 years ago

May 20, 2018

दिल्लीको जितसँगै सिजन अन्त्य, सन्दीपको खातामा थप ३ विकेट

80 views

0 Bookmark

दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई ११ रनले हराएको छ । यस हारसँगै मुम्बई प्रतियोगिताबाट बाहिरिएको पनि छ । अघिल्लो दुई खेलमा दुई विकेट लिएका सन्दीपले यस खेलमा ३ विकेट हात पारे ।

पहिलो इनिङ्समा दिल्लीका लागि आकर्षक लयमा रहेका रिशभ पन्तले सर्वाधिक ६४ रन जोडे । उनले ४४ बलको सामना गर्दै ४ छक्का पनि प्रहार गरे । त्यस्तै मिडल-अर्डरका विजय शंकरले अवजित ४३ खेले भने ग्लेन म्याक्सवेल २२ रनमा आउट भएका थिए ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई १ सय ६३ रनमा अल-आउट हुन पुग्यो । उसका लागि इभिन लुविसले सर्वाधिक ४८ रन र हार्दिक पाण्डेयले २७ रन बनाए । अन्त्यमा बेन कटिङले आक्रामक पारी खेल्दै ३७ रन जोडे पनि मुम्बईलाई जित दिलाउन सकेनन् । दिल्लीका लागि अमित मिश्र, हर्सल पटेल र सन्दीपले ३-३ विकेट लिए ।

पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका थिए । पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीपले सुर्यकुमार यादवको विकेट लिन सफल भए । आफ्नो दोस्रो स्पेलको पहिलो बलमै उनले विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यान केरन पोलार्डको विकेट लिए ।

आफ्नो दोस्रो ओभरकै चौथो बलमा उनले क्रुनल पाण्डेयलाई आउट पारे । सन्दीपको तीनै विकेट क्याच आउटमार्फत भएको हो । आफ्नो तेस्रो ओभरमा भने सन्दीप केही महँगो सावित हुँदै १३ रन दिन पुगे ।

आफ्नो अन्तिम ओभरमा पुन: कसिलो बलिङ गर्दै उनले केवल ४ रन दिए । उनले आफ्नो ४ ओभरमा ३ विकेट लिंदै ३६ रन दिए । अघिल्ला दुई खेलभन्दा सन्दीप आज केहि खर्चिलो भने सावित भए । आफ्नो पहिलो खेलमा बैंग्लोरविरुद्ध पार्थिव पटेलको विकेट लिँदै २५ रन दिएका सन्दीपले दोस्रो खेलमा सुरेश रैनाको विकेट लिँदै केवल २१ रन दिएका थिए । आफ्नो ३ खेलमा उत्कृष्ट बलिङ गर्दै सन्दीपले ५ विकेट लिंदै आकर्षक व्यक्तिगत सिजन अन्त्य गरेका छन् । ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.