7 years ago
May 20, 2018
दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ मा अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा १ सय ७४ रन बनाउन सफल भएको छ ।
दिल्लीका लागि आकर्षक लयमा रहेका रिशभ पन्तले सर्वाधिक ६४ रन जोडे । उनले ४४ बलको सामना गर्दै ४ छक्का पनि प्रहार गरे । त्यस्तै मिडल-अर्डरका विजय शंकरले अवजित ४३ खेले भने ग्लेन म्याक्सवेल २२ रनमा आउट भएका थिए ।
अब दिल्ली केहिबेरमा बलिङ गर्न उत्रिनेछ । खेल अघि बढ्दै जाँदा पिच ‘स्लो’ हुँदै जाने अनुमान गरिएकोले सन्दीपको स्पिन बलिङलाई थप सहायता मिल्न सक्छ । त्यसैले पनि उनी र अर्का स्पिनर अमित मिश्रको आज भूमिका अझ महत्त्वपूर्ण हुने क्रिकेट विश्लेषक तथा पूर्व क्रिकेटर स्कट स्टाइरिसले बताए ।
सन्दीपले खेलेको दुवै खेलमा कसिलो बलिङ गर्दै एक-एक विकेट लिन पनि सफल भएका थिए । आज प्ले-अफमा पुग्नका लागि मुम्बईलाई यस खेल जित्नै पर्ने हुन्छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]