default_image

7 years ago

May 20, 2018

दिल्ली पहिले ब्याटिङ गर्दै, सन्दीपले खेल्दै आफ्नो तेस्रो खेलमा

65 views

0 Bookmark

दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स अाज मुम्बई इन्डियन्ससँग आफ्नो अन्तिम खेल खेल्दै छ । फिरोज शाह कोट्ला स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार ४.१५ बजे सुरु हुने छ ।

अघिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप आज पनि सुरुवाती ११ मा परेका छन् । दिल्लीले आफ्नो अन्तिम खेलमा चेन्नाईलाई ३४ रनले हराएको थियो । सो खेलबाट दिल्लीले १ परिवर्तन मात्र गरेको छ । तुलनात्मक खराब बलिङ गरेका अभेस खानको स्थानमा इंग्ल्यान्डका बलर लियाम प्लन्केट टोलीमा फर्केका छन् ।

सन्दीपले आफ्नो दुई खेलमा विराट कोहली, एबी डि भिलियर्स, शेन वाट्सन, महेन्द्र सिंह धोनी र सुरेश रैनाजस्ता विश्व प्रसिद्ध ब्याट्सम्यानहरुलाई बलिङ गर्दै सबैलाई आफ्नो प्रदर्शनबाट प्रभावित गरेका छन् । दुई खेलमा कुल ८ ओभर बलिङ गर्दै उनले ४६ रन खर्चेर पार्थिव पटेल र रैनाको विकेट लिएका छन् । उनले कुल २० डट बल पनि फालेका छन् ।

दिल्ली तालिकाको अन्तिम स्थानमा रहेको छ भने मुम्बई पाँचौंमा रहेको छ । प्ले-अफमा पुग्नका लागि मुम्बईलाई आजको खेल जित्नै पर्ने हुन्छ । आज सन्दीपले रोहित शर्मा र केरन पोलार्डजस्ता विश्वकै प्रसिद्ध खेलाडीहरु बलिङलाई गर्न सक्ने छन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.