7 years ago
May 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स आज मुम्बई इन्डियन्ससँग आफ्नो अन्तिम खेल खेल्ने छ । फिरोज शाह कोट्ला स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार बेलुकाको ४.१५ बजे सुरु हुने छ ।
सन्दीपले आफ्नो दुई खेलमा विराट कोहली, एबी डि भिलियर्स, शेन वाट्सन, महेन्द्र सिंह धोनी र सुरेश रैनाजस्ता विश्व प्रसिद्ध ब्याट्सम्यानहरुलाई बलिङ गर्दै विश्व क्रिकेटलाई नै आफ्नो प्रदर्शनबाट प्रभावित गरेका छन् । दुई खेलमा कुल ८ ओभर बलिङ गर्दै उनले ४६ रन खर्चेर पार्थिव पटेल र रैनाको विकेट लिएका छन् । उनले कुल २० डट बल पनि फालेका छन । यो तथ्याङ्क विश्वका उत्कृष्ट बलरहरुका लागि पनि निकै प्रभावशाली मान्न सकिन्छ ।
सन्दीपले आफ्नो दुई प्रदर्शनका लागि विभिन्न क्रिकेट खेलाडी तथा आइपिएलका कमेन्टेटर र विश्लेषकहरुबाट बधाई र शुभकामना पाएका छन् । विदेशी खेलाडीहरुबाट सोचेअनुरुप प्रदर्शन पाउन नसकेको दिल्ली डेयरडेभिल्स प्रतियोगिताभरी खेलाडिहरुको सहि संयोजनको खोजीमा थियो । तर प्रतियोगिताबाट बाहिरिएपछि मात्र मौका पाएका सन्दीपको उत्कृष्ट प्रदर्शनपछी आफ्नो गल्तीको महसुस पनि दिल्लीले पक्कै गरेको छ । सन्दीपले आफ्नो प्रदर्शनबाट आगामी सिजनका लागि आफुलाई टोलीमा स्थापित गर्न सफल भएको पनि बुझिन्छ ।
आज सन्दीप यो सिजनका लागि विश्व क्रिकेटलाई १७ वर्षे नेपाली स्पिनरको जादु देखाउन अन्तिम पटक मैदानमा उत्रिनेछन् । तालिकाको अन्तिममा रहेको दिल्ली पाँचौं स्थानमा रहेको मुम्बईको सामना गर्ने छ । प्ले-अफमा पुग्नका लागि मुम्बईलाई आजको खेल जित्नै पर्ने हुन्छ । आज सन्दीपले रोहित शर्मा र केरन पोलार्डजस्ता विश्वकै प्रसिद्ध खेलाडीहरु बलिङलाई गर्न सक्ने छन् । सारा नेपालीहरु त सन्दीपको प्रदर्शन नजिकबाट नियालिरहेका हुन्छन् नै विश्व क्रिकेट पनि अहिले सन्दीपको बलिङको प्रतिक्षामा हुने स्थिति सिर्जना भएको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]