default_image

7 years ago

May 20, 2018

हैदराबादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफमा

63 views

0 Bookmark

हैदराबाद (एजेन्सी)– कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफका लागि छनोट भएको छ । शीर्षस्थानमा रहेको सनराइजर्स हैराबादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

प्ले अफ पुग्ने अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । हैदराबादको १८ अंक छ भने दोस्रो स्थानको चेन्नई र कोलकाताको समान १६ अंक छ ।१ सय ७३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । ओपनर क्रिस लेनले अर्धशतक बनाएको खेलमा रोबिन उथप्पाले ४५ रन बनाएका थिए ।

४३ बल खेलेका लेनले ४ चौका र ३ छक्काका साथ ५५ रन जोडे । ३४ बल खेल्दै उथप्पाले ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर सुनिल नारिनले २९ रन र कप्तान दीनेश कार्तिकले अविजित २२ रन जोडे । हैदराबादका सन्दीप शर्माले २ र कार्लोसा ब्रथवाइटले समान २ र सकिब अल हसनले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । ओपनर शिखर धवनले अर्धशतक पुरा गरे भने श्रीवास्ताव गोस्वामीले ३५, काने विलियम्सनले ३६, मनीष पाण्डले २५ रन बनाए ।

३९ बल खेल्दै शिखरले ५ चौका १ छक्का प्रहार गरे । कोलकाताका प्रसिद्ध कृष्णले ४, आन्द्रे रसेल, सुनिल नारिन, कुलदीपक यादव र जाभोन सेरलिसले समान १ विकेट लिए ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.