7 years ago
May 19, 2018
जयपुर (एजेन्सी)– विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएको छ । प्ले अफको सम्भावनालाई जीवित राख्न जित्नै पर्ने खेलमा राजस्थान रोयल्ससँग शनिबार ३० रनले पराजित भएसँगै बैंगलोर प्रतियोगिताबा बाहिरिएको हो । १४ खेलपछि बैंगलोरको १२ अंक छ ।
राजस्थान १४ अंकसहित चौथो स्थानमा उक्लेपनि अर्को खेलको नतिजा पछि मात्र प्ले अफ पुग्ने टोलीको टुंगो लाग्नेछ । १ सय ६५ रनको लक्ष्य पछ्याएको बैंगलोले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
टोलीका एबी डि भिलियर्सले अर्धशतक बनाएको खेलमा पार्थिव पटेले ३३ तथा टिम साथी र मोहम्मद सिराजले समान १४ रन बनाए । बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । डी भिलियर्सले ३५ बलमा ५३ रन बनाएका थिए ।
राजस्थानका लागि श्रेयस गोपलले ५ विकेट लिए । जयदेब उनादकट र बेल लाउग्लिनले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले राहुल त्रिपाठीको अविजित अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
राजस्थानको तर्फबाट सर्वाधिक रन बनाएका ओपनर त्रीपाठीले ५० बलमा अविजित ८० रन प्रहार गरे । कप्तान अजिन्के रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन जोडे । रन आउट हुनुअघि कृष्णप्पा गोथमले १४ रन जोडे । बैंलोरका लागि उमेश यादवले ३ र मोहम्मद सिराजले १ विकेट लिए । राजस्थानका श्रेयस खेलको म्यान अफ दी म्याच घोषित भए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]