default_image

7 years ago

May 19, 2018

विश्व क्रिकेटमा सन्दीप र नेपालको चर्चा

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गए राति भिभो आइपिएलमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई ३४ रनले पराजित गरेको थियो । सो खेलमा सन्दीपको प्रदर्शनले उनलाई विश्व क्रिकेटमै चर्चाको विषय बनाएको छ ।

हिजो राति दिल्लीको जितमा सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै उनले ६ रन खर्चे ।

खेलको १४ औं तथा आफ्नो तेस्रो ओभरको पहिलो बलमै सन्दीप रैनाको विकेट लिन सफल भए । त्यस्तै १६ औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्दा सन्दीपले ११ रन दिए । समग्रमा ४ ओभरमा सन्दीपले २१ रन दिए । आफ्नो ‘इकोनोमिकल’ बलिङ र खेलको महत्त्वपूर्ण क्षणमा विकेट लिएकोमा सन्दीपले ‘स्टाइलिस प्लेयर’ को अवार्ड जित्दै १ लाख नगद पुरस्कार पनि हात पारे ।

यस भन्दा अघिल्लो खेलमा सन्दिप लामिछानेले डेब्यु गर्दा भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए । विदेशी खेलाडीहरुबाट सोचेअनुरुप प्रदर्शन पाउन नसकेको दिल्ली डेयरडेभिल्स प्रतियोगिताभरी खेलाडिहरुको सहि संयोजनको खोजीमा थियो । तर प्रतियोगिताबाट बाहिरिएपछि मात्र मौका पाएका सन्दीपको प्रभावशाली प्रदर्शनपछी आफ्नो गल्तीको महसुस पनि दिल्लीले पक्कै गरेको छ ।

सन्दीपको २ खेलको प्रदर्शनपछी ट्विटरमा विभिन्न क्रिकेट खेलाडी तथा आइपिएलका कमेन्टेटर र विश्लेषकहरुले सन्दीप र नेपाली क्रिकेटको निकै चर्चा गरेका छन् । अब दिल्लीले आफ्नो अन्तिम खेलमा भोलि मुम्बई इन्डियन्सको सामना गर्ने छ । नेपाली समयअनुसार खेल बेलुकाको ४.१५ बजे सुरु हुने छ ।

 

March 13, 2025

नेपाल फेरी पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरी पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हारबेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.