7 years ago
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई हराएको छ ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ रन जोडे । सुरेश रैना (१५ रन), महेन्द्र सिंह धोनी (१७ रन) र शेन वाट्सन (१४ रन) क्रिजमा धेरै टिक्न सकेनन् ।
दिल्लीको जितमा सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै उनले ६ रन खर्चे ।
खेलको १४ औं तथा आफ्नो तेस्रो ओभरको पहिलो बलमै सन्दीप रैनाको विकेट लिन सफल भए । त्यस्तै १६ औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्दा सन्दीपले ११ रन दिए । ४ ओभरमा सन्दीपले २१ रन दिए । अमित मिश्रा र ट्रेन्ट बोल्टले दिल्लीका लागि २-२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको थियो । दिल्लीका लागि रिसभ पन्तले ३८ रन तथा अन्त्यमा हर्सल पटेल र विजय शंकरले समान ३६ रन बनाएका थिए ।
चेन्नाई १३ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्लीको अब ८ अंक रहेको छ ।
यस भन्दा अघिल्लो खेलमा सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए । निकै प्रशंसा पाएका सन्दीपको सो खेलमा इकोनमी सबैभन्दा उत्कृष्ट पनि रहेको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरी पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हारबेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]